१६ माघ २०८२, बिहिबार | Fri Jan 30 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


आफ्नै श्रीमतीको घाँटी थिचेर हत्या, श्रीमान पक्राउ



वीरगञ्ज 
आफ्नै श्रीमतीलाई घाँटी थिचेर हत्या गरेको अभियोगमो जगरनाथपुर गाउँपालिका ४ का सफिराजा मियाँ पक्राउ परेका छन् ।
शनिबार राती श्रीमती लालबीबी खातुनको हत्या गरेको अभियोगमा उनलाई आइतबार प्रहरीले पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता किशोर लम्सालले मियाँलाई पक्राउ गरी आइतबार नै जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरेर अनुसन्धान भइरहेको जानकारी दिएका छन् ।
“प्रहरीको प्रारम्भिक अनुसन्धानले लामो समयदेखि श्रीमान् श्रीमतीबीच बोलचाल नभएको थाहा भएको छ,’’ उनले भनेका छन्, ‘‘श्रीमान लामो समयदेखि बाहिर काम गरेर घर फर्किँदा श्रीमतीले राम्रो व्यवहार नगर्ने, वास्ता नगर्ने भन्दै रिसको आवेगमा कर्तव्य ज्यान गरेको हुनसक्ने देखिएको छ ।’’

प्रकाशित मिति : ९ असार २०८२, सोमबार  ७ : २३ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।