२९ मंसिर २०८२, आइतबार | Sun Dec 14 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


काठमाडौंको ढुङगेअड्डामा मोटरसाइकल दुर्घटनापछि चालकको निधन



काठमाडौंको ढुङगेअड्डामा मोटरसाइकल दुर्घटनापछि चालकको निधन भएको छ ।

प्रहरीका अनुसार काठमाडौंको चन्द्रागिरी नगरपालिका १५ ढुङगेअड्डास्थित सडकमा बा.प्र.०२ ०४९ प ४९५७ नम्बरको मोटरसाइकल आइतबार राति दुर्घटना हुँदा चालक हुम्ला घर भएका २२ वर्र्षीय धिरेन्द्र भियालको निधन भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको शहिद मेमोरियल हस्पिटलमा उपचारको क्रममा निधन भएको हो । उक्त मोटरसाइकल ना.६ ख ८६७४ नम्बरको ट्रक र बा.६३ प २०७७ नम्बरको मोटरसाइकलसँग एकआपसमा ठक्कर खाई दुर्घटना भएको थियो ।

साथै दुर्घटनामा घाइते भएका अर्को बा.६३ प २०७७ नम्बरको मोटरसाइकल चालकको शहिद मेमोरियल हस्पिटलमा उपचार भइरहेको छ । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रकाशित मिति : १० असार २०८२, मंगलबार  १२ : १० बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।