ललितखबर
लामो विश्रामपछि अभिनेता अनमोल केसी एकै पटक तीन चलचित्रमार्फत दर्शकमाझ आउने भएका छन् । उनी चलचित्र ‘जेरी अन टप’, ‘बाटुलो जुन’ र ‘ए मेरो हजुर ५’मा आवद्ध भएका हुन् ।
भर्खरै उनी चलचित्र ‘ए मेरो हजुर ५’मा आबद्ध भएका हुन् । सामाजिक सञ्जालमाफत निर्देशक झरना बज्राचार्यले अनमोललाई चलचित्रमा भित्राउदा पाउदा खुशी लागेको प्रतिकृया दिएकी छिन् । यस चलचित्रमा अनमोल अभिनेत्री सुहाना थापासँग जोडी रहनेछन् ।
उनी यस अघि चलचित्रहरु ‘ए मेरो हजुर ३’ र ‘ए मेरो हजुर ४’मा अभिनय गरिसकेका छन् ।

नायक तथा पिताभुवन केसीले निर्माण गर्ने चलचित्र ‘बाटुलो जुन’ मा अभिनेता अनमोल टिकटकर प्रिन्सी केसीसँग देखिने तयारीमा छन् । हिन्दी गीत र नेपाली गीतहरुमा मोडलिङ गरिरहेकी प्रिन्सीको लागि यस चलचित्र डेव्यु चलचित्र रहनेछ ।
गाँउले परिभेषमा निर्माण हुने चलचित्रको सानो बजेटमा चलचित्र निर्माण हुने बताइएको छ ।
चलचित्र ‘जेरी अन टप’को छायाँकन सकिएर अहिले पोष्ट प्रोडक्सनमा छ । यस चलचित्रमा अनमोल आँचल शर्मा र केदार घिमिरे माग्ने बुढासँग देखिने तयारीमा छन् । यस चलचित्रमा पिता भुवन केसीले समेत अभिनय गरेका छन् ।
तीन वटा चलचित्रमा आवद्ध भएर दर्शकमाझ आउन लागेको खबर सुनाउदै अनमोलले सामाजिक सञ्जालमार्फत सबैप्रति कृतज्ञाता प्रकट गरेका छन् ।
पछिल्लो समय अनमोलको चलचित्रहरु असफल बन्दै गइरहेका छन् । यस अघि अनमोलले अभिनय गरेको चलचित्र ‘छड्के २’ बक्स अफिसमा सुपर फ्लप भएको थियो । अभिनेता अनमोलले चलचित्र असफल भएको भन्दै दर्शकसँग माफी मागेपछि विदेशी बजारमा समेत चलचित्र चल्न सकेन ।
उनले अभिनय गरेको अर्को चलचित्र ‘फर्की फर्की’ले समेत उल्येखनीय व्यापार गरेन ।








प्रतिक्रिया