ललितखबर
राजधानीको प्रज्ञा प्रतिष्ठानको प्रेक्षालयमा चलचित्र ‘माग्ने राजा’को पोस्टर सार्वजनिक गरियो ।
पछिल्लो समय फरक तरिकाबाट चलचित्रको प्रचारशैली सुरु भइरहेको सन्दर्भमा ‘माग्ने राजा’को पोस्टर सार्वजनिक पनि रोचक थियो । कार्यक्रममा ‘माग्ने राजा’का शिर्ष कलाकार केदार घिमिरे ‘माग्नेबुढा’ पर्दाभित्रबाट झुल्किएका थिए । पहेँलो रंगको सुटमा सझिएका कलाकार केदार सानदार कुर्सीमा गमक्क परेर बसेका देखिन्थे । सहभागी सञ्चारकर्मीहरुले भिडियो र तस्विरहरु खिचेपछि चलचित्रबारे गन्थन सुरु भयो ।
निर्माणाधिन चलचित्रका कलाकारहरु असाध्यै अब्बल रहेको सो कार्यक्रममा चर्चा भयो । हास्य कलाकार केदार घिमिरे ‘माग्नेबुढा’ मेहनती कलाकार रहेको भन्दै निर्देशक ऋषि लामिछानेले मध्यराती चलचित्रको स्क्रिप्टको चर्चाका लागि दौडिएको प्रसंग सुनाए । भने, ‘ कलाकार घिमिरेलाई ६१ लाख पारिश्रमिक होइन १ करोड दिनु पर्ने हो ।’
निर्देशक ऋषि लामिछानेले अभिनेत्री बर्षा सिवाकोटी असाध्यै इमानदार कलाकार रहेको अनुभव सुनाए । चलचित्रमा अनुबन्ध भएपछि आफूहरुले नै भेटेर तपाईले सम्झौता अनुसार पारिश्रमिक लिनुपर्छ भनेर घरमै पुगेर पैसा दिएको बताए । भने, ‘बर्षा सिवाकोटी जत्तिको इमानदार कालाकार कोही छैन ।’
अभिनेत्री वर्षा सिवाकोटीले आफू पैसाको लागि काम नगर्ने कलाकार भएको तर्क गर्दै स्टार कलाकार कस्तोलाई भन्नेबारे अनविज्ञता प्रकट गरिन् ।
कलाकार केदार घिमिरे ‘माग्नेबुढा’ले सबैको सहयोगमा अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे । भने, चलचित्रबाट पाएको पारिश्रमिकबाट लाग्ने १५ प्रतिशत कर तिर्छु ।’
चलचित्रमा हास्यकलाकार केदार घिमिरे, अभिनेत्री बर्षा सिवाकोटी,पुस्कर गुरुङ,शिरि वाङदेन,टिकटकर पवित्रा साकीलगायतको अभिनय रहेको छ ।
चलचित्रमा यही भदौं ६ गतेबट देशभर प्रर्दशनको तयारीमा छ ।








प्रतिक्रिया