२९ मंसिर २०८२, आइतबार | Sun Dec 14 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


दक्षिण ललितपुरको उन्युचौर विद्युत सवस्टेशन अलपत्र, विद्युत आपूर्तिमा समस्या



 

ललितखबर

दक्षिण ललितपुरको कोञ्ज्योसोम ५ शंखुस्थित उन्युचौर विद्युत सवस्टेशन निर्माण पुरा भएपनि लामो समयदेखि अलपत्र बनेको छ ।
गतअसोज ११ र १२ गतेको बाढीले मकवानपुर इपा पञ्चकञ्यास्थित माण्डो जलविद्युतमा रहेको प्राधिकरणको सवस्टेशन बगाएपछि यस भेगमा विद्युत आपूर्ति समस्या भयो ।
विद्युत् आयोजनाले आफ्नोतर्फबाट सबै संरचना निर्माण गरे पनि प्राधिकरणले भने सवस्टेशन निर्माण सुरु गरेकै छैन । जसका कारण खानीखोला जलविद्युत् आयोजनाको विद्युत समेत जोड्न सकिएको छैन भने उन्युचौर सवस्टेशन समेत अलपत्र छ ।
सवस्टेशन बाढीले बगाउदा काठमाडौं निजगढ द्रुटमार्गको काममा विद्युत आपूर्ति अस्थायी तरिकाबाट मिलाइएको छ ।
प्राधिकरणका तत्कालिन प्रमुख कुलमान घिसिङले तत्काल टेण्डर प्रकृया सुरु नगरेको कारण सो आयोजना अलपत्र बनेको दक्षिण ललितपुर विद्युत सहकारीका अध्यक्ष गोविन्द बजगाई बताउछन् । भन्छन्, ‘नयाँ प्रमुख हितेन्द्रदेव शाक्य आएपछि अहिले काम सुरु भएको छ ।’
उन्युचौर सवस्टेशन चालु नहुँदा पछिल्लो समय लगनखेल वितरण केन्द्रलाई भार परेको बजगाई बताउछन् । पछिल्लो समय उपत्यकाबाहिरका लागि छुट्टै लाइन विस्तार गरिएको भए पनि मकवानुरको मिल्केसम्मै सो विद्युत् आपूर्ति गरिएका कारण अध्याधिक समस्या छ । अध्यक्ष बजगाईले भने, ‘उन्युचौर सवस्टेशन चालु नहुँदा मिल्केमा लाइन विग्रिए दक्षिण ललितपुर समेत अन्धकार हुन्छ ।’
प्राधिकरणले उपत्यकाबाट उन्युचौरसम्म विस्तार गरेको ११ केभि डबल सर्किट प्रशारण लाइन चार्ज गर्ने भएको छ ।
भोली मंगलबारदेखि सो प्रशारण लाइन चार्ज गरेर परिक्षण गर्न लागिएको हो ।

प्रकाशित मिति : १० असार २०८२, मंगलबार  ९ : २५ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।