२२ मंसिर २०८२, आइतबार | Sun Dec 7 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


कमलादीस्थित देशकै पुरानो स्टील उद्योगको केन्द्रीय कार्यालयमा आगलागी



काठमाडौं । देशकै पुरानो स्टील उद्योगको केन्द्रीय कार्यालयमा मंगलबार भीषण आगलागी भएको छ। कमलादीमा अवस्थित कर्पोरेट मुख्यालयमा भएको आगलागी अहिले नियन्त्रणमा आएको सुरक्षा निकायले जनाएका छन्।

आगलागीबाट कति क्षति भएको हो भन्नेबारे विस्तृत विवरण संकलन कार्य अहिले जारी रहेको छ। नेपाली सेना, काठमाडौं महानगरपालिकाको दमकल टोली, नेपाल प्रहरी र सशस्त्र प्रहरीले संयुक्त रुपमा तत्कालै परिचालन भई आगो निभाउन सफल भएको हो।

दुई घण्टासम्म चलेको प्रयासपछि आगो नियन्त्रणमा लिइएको बताइएको छ। प्रारम्भिक अनुमान अनुसार भवनको केही भागमा भौतिक क्षति पुगेको छ भने विस्तृत मूल्यांकनपछि मात्र वास्तविक क्षतिको विवरण आउने सुरक्षा अधिकारीहरूले जनाएका छन्।

प्रकाशित मिति : १० असार २०८२, मंगलबार  १ : ०६ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।