२२ मंसिर २०८२, आइतबार | Sun Dec 7 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


टिकाथली ठटिकोटमा करेन्ट लागेर एक जनाको मृत्यु



ललितपुर । ललितपुर महालक्ष्मी नगरपालिका–५ स्थित टिकाथली ठटिकोटमा करेन्ट लागेर एक व्यक्तिको ज्यान गएको छ । निर्माणाधीन घरको जग खनेको खाल्टोमा जमेको पानी मोटर प्रयोग गरी तान्ने क्रममा करेन्ट लाग्दा स्थानीय ६४ वर्षीय आशाकाजी महर्जनको ज्यान गएको हो।

प्रहरीका अनुसार महर्जन करेन्ट लागेर गम्भीर घाइते भएका थिए । उनलाई तत्काल उपचारका लागि अस्पताल लैजाने प्रयास गरिए पनि बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ । यस्ता दुर्घटनाबाट बच्न सावधानी अपनाउन र विद्युतीय उपकरण प्रयोग गर्दा आवश्यक सुरक्षा सतर्कता अपनाउन समेत सुरक्षा निकायले आम सर्वसाधारणलाई आग्रह गरेको छ ।

प्रकाशित मिति : १० असार २०८२, मंगलबार  ७ : ४३ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।