२१ मंसिर २०८२, शनिबार | Sat Dec 6 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


अभिनेत्री स्वस्तिमा खड्का गर्भवती रहेको चलचित्र ‘लालीबजार’को पोस्टर सार्वजनिक



काठमाडौँ

अभिनेत्री स्वस्तिमा खड्काको गर्भवती रहेको पोस्टर सार्वजनिक भएको छ ।

अभिनेत्री स्वस्तिमा खड्काको निर्माणको तयारीमा रहेको चलचित्र ‘लालीबजार’ को पात्रको चरित्रको रुपमा सो पोस्टर सार्वजनिक भएको हो
‘जात्रा’ शृङ्खलामार्फत स्थापित भएको ब्यानर षट्कोण आट्र्सले निर्माण गर्ने चलचित्र ‘लालीबजार’मा अनुबन्धित भएकी हुन् । निर्माण पक्षले आज एक पोस्टर सार्वजनिक गर्दै अभिनेत्री खड्काको सो चलचित्रमा अभिनय रहने बताएको छ ।

अभिनेत्री खड्काले आफू देखिएको पात्रभन्दा भिन्न रहेकाले चलचित्रमा अभिनय गर्न लागेको बताएकी छिन् । अघिल्ला चलचित्रको तुलनामा यसपटक फरक स्वस्तिमा देखिने, अभिनेत्रीका रुपमा फरक काम गर्ने इच्छा हुने रत्यस्तो भूमिका र विश्वसनीय निर्माण समूह पाएपछि काम गर्न लागेको अभिनेत्री खड्काले बताइन् ।

सार्वजनिक पहिलो झलकमा उनी गर्भवतीको चरित्रमा देखिने भएकी छिन् । कलाकार तथा निर्माता रवीन्द्रसिंह बानियाँले मनोरञ्जनसँगै सामाजिक विषयलाई चलचित्रमा देखाइने जानकारी दिए । उनले ‘जात्रा’, ‘जात्रै जात्रा’, ‘महापुरुष’ र ‘महाजात्रा’ निर्माण गरेर दर्शकको विश्वास जितिसकेका छन् । यस चलचित्र ‘लालीबजार’ का निर्देशक तथा यम थापाले आइरहेकाभन्दा भिन्न विषयलाई पर्दामा ल्याउन लागिएको बताएका छन्। “यो विषय भिन्न छ, हामीले अहिले सबै कुरा खुलाउन सक्दैनौँ । तर, स–परिवार हेर्न मिल्ने हाम्रो समाजकै एउटा महत्वपूर्ण विषयलाई समेटेर चलचित्रको कथा तयार गरिएको छ । यसअघिका भन्दा यो चलचित्र अलि भिन्न बनाउन सक्दो प्रयास हुनेछ,” निर्देशक थापाले भने ।

निर्माता बानियाँ र म्याक्स दीपेस खत्रीले निर्माण गर्ने सो चलचित्रमा प्रदीप भट्टराईले कार्यकारी निर्माताको भूमिका निर्वाह गर्नेछन् । उक्त चलचित्र आगामी फागुन १ गते प्रदर्शन हुने निर्माण पक्षले जनाएको छ ।

प्रकाशित मिति : १० असार २०८२, मंगलबार  ९ : २३ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।