२५ मंसिर २०८२, बुधबार | Thu Dec 11 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


राइड सेयरिङ स्थगित नगर्न सर्वोच्चको अन्तरिम आदेश



काठमाडौं । राइड सेयरिङ तथा सेल्फ ड्राइभ नियमावली कार्यान्वयन स्थगित नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ । सर्वोच्चको आदेशसँगै गण्डकी प्रदेशमा राइड सेयरिङ सञ्चालन गर्न नदिने सरकार र यातायात व्यवसायीको सहमती कार्यान्वयन नहुने भएको छ ।

 

सर्वोच्च अदालतका न्यायाधीश तिलप्रसाद श्रेष्ठ र महेश शर्मा पौडेलको इजलासले मंगलबार दुवै पक्षसँगको छलफलपछि राइड सेयरिङ तथा सेल्फ ड्राइभ कार्यन्वयनका लागि बाटो खोलिदिएको हो ।

यातायात व्यवसायीसँग संघीय सरकारले सहमति गर्दैै गण्डकी प्रदेशलाई नियमावली स्थगन गर्न पत्राचार गरेपछि प्रदेश सरकारले तत्काल अगाडी नबढाउने सूचना जारी गरेर स्थगित गरेको थियो । तर उक्त निर्णयविरुद्ध उपभोक्ता हित संरक्षण मञ्चले जेठ २९ गते सर्वोच्च अदालतमा रिटदायर गरेको थियो ।

जेठ ३० गते न्यायाधीश नृपध्वज निरौलाको इजलासले कारणदेखाउ आदेश जारी गर्दै मंगलबार दुवै पक्षलाई अन्तरिम आदेश छलफलमा झिकाएको थियो ।

 

प्रकाशित मिति : १० असार २०८२, मंगलबार  ९ : ५९ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।