काठमाडौं
प्रर्दशनको तयारीमा रहेको नेपाली चलचित्र ‘रियाल रिङ्गेट’ को गीत सार्वजनिक गरिएको छ ।
मङ्गलवार काठमाडौंको नयाँ वानेश्वरस्थित एक चलचित्र भवनमा ‘जिन्दगी उडी जाने हो कहाँ’ बोलको गीत विशेष कार्यक्रम आयोजना गरेर सार्वजनिक गरिएको हो ।
रवि मल्ल र कोसिस क्षेत्रीको संयुक्त रचनामा चन्दन ध्वज केसी र किरण तुलाधरले सङ्गीत दिएको यो गीतमा केतन क्षेत्रीको सुमधुर स्वर रहेको छ भने किरण तुलाधरले एरेन्ज गरेका छन् । गीतले विदेशमा नेपालीले भोग्ने सङ्घर्ष, उनीहरूको घरपरिवारको विचलित अवस्था र बाध्यताले विदेसिनुपर्दाको पीडालाई गहिरो रूपमा प्रस्तुत गरेको छ ।
रेबेल फिल्मसद्वारा निर्मित यस चलचित्रको गीतले वैदेशिक रोजगारीमा होमिन बाध्य नेपालीहरूको मार्मिक कथा समेटेको छ ।
कार्यक्रममा कवि नाथन रायनले आफ्नो कविता वाचन गरे, जहाँ मामुली मजदुरका रूपमा बिदेसिन बाध्य नेपालीहरूको मार्मिक भावना पोखिएको छ । कवि रायनका शब्दहरूले ूजब त्रिभुवन विमानस्थलबाट जहाज उड्यो, जहाजसँगै सपना र जिन्दगी उड्योू भन्ने ट्यागलाइनमार्फत चलचित्रको समग्र मर्मलाई सशक्त रूपमा चित्रण गर्दछ । गायक केतन क्षेत्रीले प्रत्यक्ष गीत गाएर उपस्थित सबैलाई मन्त्रमुग्ध पारेका थिए ।
चलचित्रका निर्देशक विभोर पोखरेलले ुरियाल रिङ्गेटु हरेक नेपालीको कथा भएको जिकिर गर्दै यो चलचित्रले आम दर्शकको मन छुन सफल हुने विश्वास व्यक्त गरे । निर्माता गगनलाल प्रधानले वैदेशिक रोजगारीको विषय उठाउनै पर्ने भएकोले यसमा लगानी गरेको बताए । दुई दशकभन्दा बढी समयदेखि रेबेल क्रियशन सञ्चालन गर्दै आएका प्रधानले यसअघि २०३९ सालमा भिडियो फिल्म ुअभिलाषाु निर्माण गरेका थिए । साथै, रेबेल क्रियशनमार्फत् प्रधानले दर्जनौँ गायक गायिका, निर्देशक तथा कलाकारहरूलाई स्थापित गरेका छन् ।
अभिनेत्री निता ढुङ्गानाले लामो समयको मिहिनेतपछि चलचित्र रिलिजको सङ्घारमा पुगेकोमा खुसी व्यक्त गरिन् भने अभिनेता प्रमोद चौलागाईंले निकै सोच विचार गरेर मात्र यस चलचित्रमा अभिनय गरेको जनाए ।
विभोर पोखरेलको निर्देशनमा बनेको यस चलचित्रमा प्रमोद चौलागाईं, निता ढुङ्गाना, छुल्ठिम डोल्मा गुरुङ, रवीन्द्र खड्का, ध्रुव कोइराला, प्रेम सुब्बा, रामचन्द्र अधिकारी, रियर राई, रोशन श्रेष्ठ, ईश्वरी बराल, विमला गिरी लगायतका कलाकारहरूको अभिनय रहेको छ । प्रदीप भारद्वाजले चलचित्रको लेखन गरेका हुन् । चलचित्रको नाम ुरियाल रिङ्गेटु कतार र साउदी अरेबियाको मुद्रा ुरियालु तथा मलेसियाको मुद्रा ुरिङ्गेटु को मिश्रणबाट बनेको छ, जसले नेपाली श्रमिकहरूको मुख्य गन्तव्य मुलुकहरूलाई सङ्केत गर्दछ । रोशन श्रेष्ठको द्वन्द्व निर्देशन, हरि घलेको छायाङ्कन, विपिन मल्लको सम्पादन, किरण तुलाधरको ब्याकग्राउन्ड स्कोर र राजीव समरको कोरियोग्राफी रहेको छ ।
गीतहरूमा रामचन्द्र काफ्ले, किरण तुलाधर र चन्दन ध्वज केसीको सङ्गीत तथा सुगम पोखरेल, केतन क्षेत्री, रामचन्द्र काफ्ले र जुनु रिजाल काफ्लेको स्वर सुन्न सकिनेछ । गीतका शब्दहरू अमर न्यौपाने, रवि मल्ल, कोसिस क्षेत्री, प्रदीप भारद्वाज र चन्दन ध्वज केसीले लेखेका हुन् ।
भारतको राजस्थान, नेपालका चितवन, काठमाडौं र लेटाङमा छायाङ्कन गरिएको यो चलचित्रलाई काफिया फिल्म्सले वितरण गर्दैछ ।
कार्यक्रमका बीचमा चलचित्र युनिटले एक दुःखद खबर सार्वजनिक गरेको थियो । यस चलचित्रकी कलाकार अनिशा सदा स्थानीय चलचित्रको छायाङ्कन स्थलमा मृत भेटिएको जानकारी गराउँदै सदाप्रति कार्यक्रममा हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै एक मिनेट मौन धारण गरिएको थियो ।यसअघि निर्देशक लामाले चलचित्र ‘डोरी’निर्माण गरेका थिए। जुन चलचित्रले गतिलो व्यापार गर्न सकेन। अरुण लामाले आफ्नो डेब्यु फिल्म ‘डोरी’ प्रजातन्त्र समर्थक आन्दोलनको कारण दर्शकसम्म पुग्न नसकेको बताए। उनले थपे,‘हलहरू सुनसान हुँदा चलचित्रले अपेक्षित व्यावसायिक सफलता पाउन सकेन। तर जसले हेरे, प्रायः सबैले मन पराए।’
आगामी श्रावण १६ गतेबाट यो चलचित्र प्रदर्शनमा आउने निर्माण पक्षले जानकारी दिएको छ ।








प्रतिक्रिया