२९ चैत्र २०८२, आइतबार | Sun Apr 12 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


नेकपा एमालेको विधान महाधिवेशन लागि तयारी सुरु



 

काठमाडौँ
नेकपा एमालेले विधान अधिवेशनको तयारी तीब्र रुपमा अघि बढाउने भएको छ ।
आगामी भदौ २० देखि २२ गतेसम्म ललितपुरको गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा आयोजना गरिएकोे विधान महाधिवेशनको सन्र्दभमा आज पार्टीले सचिवालय बैठक बोलाएको छ ।

प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बैठक ललितपुरको च्यासलस्थित एमाले मुख्यालयमा दिउँसो १ः०० बजे बस्न तय भएको छ ।

एमाले केन्द्रीय कार्यालयका सचिव डा भिष्म अधिकारीले बैठकमा विधान महाधिवेशनको पूर्वतयारी, पार्टीको साङ्गठनिक गतिविधि, समसामयिक राजनीतिक विषयलगायतमा छलफल हुने बताएका छन् ।

प्रकाशित मिति : ११ असार २०८२, बुधबार  ९ : ४२ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।