काठमाडौंको विष्णुमति खोलामा आएको बाढीका कारण एउटा कार बगाएको छ । बाढीले बगाएको कारलाई प्रहरीले पछ्याउने क्रममा कारभित्र एक महिला भेटिएकी थिइन् ।
दाङ तुलसीपुर घर भई हाल टोखा बस्ने ३४ वर्षीया भावना ओलीलाई बानियाटार पुलबाट उनको उद्दारपछि ग्राण्डी अस्पतालमा उपचार भइरहेको छ । उनको अवस्था सामान्य रहेको प्हरीको भनाई छ ।
कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका वडा नम्बर–१ घर भई हाल काठमाडौंको धुम्बाराही बस्ने ३५ वर्षीय अंकुश सिंहले चलाएको बाग्मती प्रदेश ०३१ च ६१४१ नम्बरको उक्त ईभी कार गएराति करिब १० बजे खोलामा बसेर बाढीमा बगाएको महानगरिय प्रहरी परिसर काठमाडौंले जानकारी दिएको छ । कार बगाएपछि चालक सिंह हाम फलेर ज्यान बचाएका थिए ।
कार बग्दै जाने क्रममा बानियाटार पुलमा आएर अड्किएको थियो ।
कारलाई क्रेनको सहायताले बाहिर निकालिएको छ








प्रतिक्रिया