२१ मंसिर २०८२, शनिबार | Sun Dec 7 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


उपचारमा हिमाल हस्पिटलको लापरबाही,१ करोड ४५ लाख क्षतिपूर्ति तिर्न आदेश



काठमाडौं । उपचारमा लापरबाहीका कारण २८ महिनाकी शिशु प्रशंसा गौतमको मृत्यु भएपछि उपभोक्ता अदालतले हालसम्मकै ठुलो क्षतिपूर्ति आदेश दिएको छ। न्यायाधीशत्रय रामप्रसाद शर्मा, गेहेन्द्रराज रेग्मी र आनन्दराज पोखरेलको इजलासले हिमाल हस्पिटल प्रालि र डा. जयदेव यादवलाई संयुक्त रूपमा १ करोड ४५ लाख रुपैयाँ क्षतिपूर्ति तिर्न आदेश दिएको हो।

अदालतका अनुसार अस्पतालले ७०% अर्थात् १ करोड १ लाख ८० हजार र चिकित्सक यादवले ३०% अर्थात् ४३ लाख ६३ हजार रुपैयाँ तिर्नुपर्नेछ। माघ २३ गते सामान्य रुघाखोकीका कारण अस्पताल लगिएको बच्चाको लापरवाहीपूर्ण उपचारका कारण स्वास्थ्य बिग्रँदै गएको र माघ २५ गते मृत्यु भएको थियो। पीडित परिवारले जिल्ला अदालतमार्फत १ करोड ९५ लाख क्षतिपूर्तिको मागसहित दायर गरेको मुद्दा पछि उपभोक्ता अदालतमा पुगेको थियो। अदालतले यो घटनालाई गम्भीर लापरबाहीका रूपमा मानेर ऐतिहासिक फैसला सुनाएको हो।

प्रकाशित मिति : १२ असार २०८२, बिहिबार  १० : ३१ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।