चलचित्र ‘द ब्ल्यू लाइट’ को छायांकन पुरा भएको छ ।
जेठ २२ गतेबाट छायाकंन सुरु भएको निर्मााधिन चलचित्र उपत्यकाको विभिन्न भूभागमा गरिएको छ ।
साइकोलोजिकल थ्रिलर जनरामा निर्माण भएको चलचित्र ‘द ब्ल्यू लाइट’ बलिराम चौहानले निर्देशन गरेका छन् । चलचित्रमा कलाकारहरु बेनिशा हमाल, अर्पण थापा, महेश त्रिपाठी, आयुसमान देशराज जोशी, सृष्टि श्रेष्ठ, सुरक्षा इटानी छन् । चलचित्रको बाल कलाकारमा ग्रिसमा कटुवाल र सहारा शर्माको अभिनय हेर्न पाइन्छ ।
केही समयअघि चलचित्रको पोस्टर सार्वजनिक भएको थियो ।
निर्माणपक्षले कलाकारको भूमिका र चलचित्रको कथाबारे प्रष्ट पारेको छैन । निर्देशक चौहानले विस्तारै खुलाउँदै जाने बताएका छन् । निर्देशक चोहानले भने,‘अब पोस्ट प्रडक्सनको काम अघि बढ्छ । कलाकारहरुको काम कथालाई जीवन्त बनाएको छ, हामी उत्साहित छौं । दर्शकलाई हामीले राम्रो सिनेमा देखाउने छौं ।’
‘द ब्ल्यू लाइट’को को–प्रोडुसरको रुपमा रमन ग्रे छन् भने कार्यकारी निर्मातामा भने छायाकार नरेन्द्र मैनाली र नायिका बेनिशा हमाल रहनेछन् ।
‘द ब्ल्यू लाइट’ सन् २०२५ भित्रै प्रर्दशन हुने निर्देशक चौहानले बताएका छन् ।








प्रतिक्रिया