२१ मंसिर २०८२, शनिबार | Sun Dec 7 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


काठमाडौं भ्यू टावरका ठेकेदार भेटवाल अनामनगरबाट पक्राउ



काठमाडौं । काठमाडौंको पुरानो बसपार्कमा निर्माणाधीन काठमाडौं भ्यू टावरका ठेकेदार मनोज भेटवाल पक्राउ परेका छन् । १० करोडको चेक अनादर मुद्दामा कठमाडौं प्रहरी परिसरको टोलीले उनलाई पक्राउ गरेको हो ।

शुक्रबार उनलाई अनामनगरबाट पक्राउ गरिएको बताइएको छ । इनोभेटिभ कन्सेप्ट प्रालिका सञ्चालक भेटवालविरुद्ध जिल्ला प्रहरी परिसर काठमाडौंमा १० करोडको चेक बाउन्स आरोपमा जाहेरी दर्ता भएको थियो। भेटवाल यसअघि ३ करोडको चेक बाउन्स आरोपमा पनि पक्राउ परेका थिए ।

प्रकाशित मिति : १३ असार २०८२, शुक्रबार  २ : २६ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।