काठमाडौं
नेपाली साँगेतिक बजारका सफल गायक रामकृष्ण ढकालले चलचित्र निर्माण गर्ने भएका छन् ।
‘मालती मंगले’
रानी म्युजिक इन्टरनेशनल प्रा.लि.को ब्यानरमा निर्माण हुने चलचित्र ‘मालती मंगले’ का लागि अभिनेता विजय बराल र अभिनेत्री वर्षा राउतसँग शुक्रवार कागजी सम्झौता गरिएको छ ।
यस चलचित्रका लागि विजय बराल र वर्षा राउतले करिब ३ महिना मेहनत गरेर काम गर्ने भएका छन् । उनीहरूले चलचित्रको पात्रकोे चरित्र निर्माणको लागि यो समय सदुपयोग गर्नेछन् ।
चलचित्रलाई प्रकु पाण्डेयले निर्देशन गर्नेछन् । चलचित्रको पटकथा तथा संवाद संयोग गुरागाईँले तयार पारेका हुन् यस चलचित्रका कार्यकारी निर्माता सागर ज्ञवाली हुन् भने छायाङ्कन निर्देशक महेश पौडेल रहेका छन् । विजय बस्यालले पोस्टर डिजाइन गर्नेछन् भने रोमी तण्डुकारले सम्पादन, कृष्ण भण्डारीको रङ्ग संयोजन, राजेन्द्र थापाको गीत रचना र राजनराज सिवाकोटीले सङ्गीत दिनेछन् । निर्देशक पाण्डेयका अनुसार ुमालती मंगलेु बिल्कुलै पारिवारिक प्रेमकथामा आधारित छ । उनले अहिले नै विजय बराल र वर्षा राउतको भूमिकाबारे विस्तृत जानकारी दिन नमिल्ने बताएका छन् ।
चलचित्रको छायाङ्कन भदौको पहिलो हप्तादेखि करिब ४० दिनको तालिकासहित सुरु हुने कार्यकारी निर्माता ज्ञवालीले बताए । साथै उनले ुमालती मंगलेु यसै वर्षको अन्त्यतिर प्रदर्शनमा आउने तयारीमा रहेको जनाए ।
यस चलचित्रका निर्माता करिब ४ हजारभन्दा धेरै नेपाली गीतमा स्वर दिएका सुप्रसिद्ध गायक रामकृष्ण ढकाल हुन् । उनको नेपाली चलचित्रसँगको सम्बन्ध पुरानो छ । सन् २००१ ९वि.सं. २०५८० मा निर्माण भएको चलचित्र ‘आशीर्वाद’मा उनले अभिनय गरेका थिए ।







प्रतिक्रिया