२१ मंसिर २०८२, शनिबार | Sat Dec 6 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


निर्देशक सोभित बस्नेतको आरोप,‘निर्देशकले नै चलचित्रका निर्माता डुवाइरहेका छन्’



ललितखबर
चलचित्र निर्देशक सोभित बस्नेतले नेपाल चलचित्र क्षेत्रमा सक्रिय निर्देशकहरुले निर्माताहरलाई डुवाएका आरोप लगाएको छन् ।

राजधानीमा आयोजित कार्यक्रममा निर्देशक बस्नेतले राम्रो चलिरहेको चलचित्रको उदाहरण दिएर ‘हामी यती पनि चलचित्र बनाउन सक्दैनौं र ?’ भन्दै निर्माताहरुलाई ढाट्ने गरेको र डुव्ने अवस्थामा पुग्ने अवस्था रहेको रहस्य खोले । भने,‘त्यसैले निर्माताहरु दोहोर्‍याएर चलचित्रमा लगानी गर्न आउदैनन् । चलचित्र क्षेत्रलाई घाटा छ ।’
निर्देशक बस्नेतले चलचित्र क्षेत्रमा अध्याधिक इगो रहेको रहस्य समेत खुलाए । भने मलाई ५०को दशकमा पनि चलचित्र निर्देशक मान्दैनथे । २०/२१ ब्र्षको केटो भनेर हेप्थे । आज पनि अवस्था उही छ । तर अरु निर्देशकहरु पलायन भइसके । म यही क्षेत्रमा छु । भोलि पनि हुनेछु ।
पछिल्लो समय कलाकारहरुले अत्याधि पारिश्रमिक लिइरहेको विषयमा पनि उनले असन्तुष्टि पोखेका छन् ।
चलचित्र प्रर्दशन गरेर कलाकारले आफ्नो पारिश्रमिक मात्रै उठाउन हैसियत राख्ने ग्यारेष्टि दिए आफू अर्को चलचित्रको लागि लगानी जुटाइदिने आश्वासन दिदै भने, ‘कलाकारले भनेकै प्राविधिक र अन्य कुरा राखेर चलचित्र निर्माण गर्न तयार छु ।’

प्रकाशित मिति : १४ असार २०८२, शनिबार  १२ : १८ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।