४ चैत्र २०८२, बुधबार | Wed Mar 18 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


काठमाडौं आउँदै गरेको बस मेलम्चीमा दुर्घटना (भिडियो)



काठमाडौं । सिन्धुपाल्चोकको मेलम्चीमा यात्रुबस दुर्घटना हुँदा आठ जना घाइते भएका छन्। तिपेनीबाट काठमाडौं आउँदै गरेको बागमती प्रदेश–३–०१–००५ ख ९९७६ नम्बरको यात्रुबाहक बस आज दिउँसो करिब १ बजे मेलम्ची नगरपालिका–११ स्थित सडकबाट बगरमा खस्दा दुर्घटना भएको हो।

इलाका प्रहरी कार्यालय मेलम्चीका अनुसार घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको छ। तीमध्ये बस चालक महेश्वर ढकालसहित दुई जनालाई थप उपचारका लागि त्रिवि शिक्षण अस्पताल, काठमाडौं रेफर गरिएको छ। अन्य पाँच जना घाइतेको उपचार मेलम्ची नगर अस्पतालमा भइरहेको प्रहरीले जनाएको छ।

दुर्घटना पाँचपोखरी थाङपाल गाउँपालिकाको तिपेनीबाट काठमाडौंका लागि छुटेको बसमा भएको हो। घटनाको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रहरी र स्थानीय बासिन्दाको सहयोगमा उद्धार कार्य सम्पन्न गरिएको थियो।

प्रकाशित मिति : १४ असार २०८२, शनिबार  ५ : ४३ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।