नेपाली चलचित्र क्षेत्रका प्रतिभाशाली कलाकारको परिचय बनाएका अभिनेता सौगात मल्ल चलचित्र ‘जहाजैमा’ अभिनय गर्ने पक्का भएको छ ।
चलचित्रको लागि अभिनय सौगात मल्लले निर्माण पक्षसँग कागजी सम्झौता गरिसकेका छन् ।
चलचित्रको भूमिका ज्यादै मन पराउदै उनी चलचित्रमा अनुबन्धित भएका हुन् । भर्सटायल अभिनेता मल्ल उत्कृष्ट पात्रमा आफूलाई ढालेर चलचित्रको पर्दामा देखिने क्षमता राख्छन् । उनीको भूमिकाको सम्बन्धमा चलचित्रको निर्माण टिमले थप खुलाइसकेको छैन ।
यसअघि चलचित्रमा हास्य कलाकार केदार घिमिरे ‘माग्नेबुढा’ अनुबन्धित भइसकेका छन् भने चलचित्रमा जापानीज अभिनेत्री रुजेल इचिमियाले पनि काम गर्ने पक्का भइसकेको छ ।
एक्सन चलचित्र पिताम्बरमार्फत चर्चा कमाएकी निर्देशक कृषा चौलागाईले निर्देशन गर्ने यसअघि नै पक्का भइसकेको छ ।
च्लचित्रको निर्माण पक्षले थप स्टारकलाकारहरुलाई चलचित्रमा अनुबन्धित गर्ने योजनामा छ ।
चलचित्रमा पुरुषोत्तम प्रधानको सिनेमेट्रोग्राफीको काम सम्हाल्नेछन् ।
यूएनए प्रोडक्सनको ब्यानरमा उज्ज्वल गुरागाँइले निर्माण गर्ने यो चलचित्रलाई नेपाल, जापान र फिलिपिन्समा खिचिनेछ । चलचित्रको हाल धमाधम प्रि–प्रोडक्सनको काम चलिरहेको छ ।








प्रतिक्रिया