३ चैत्र २०८२, मंगलबार | Tue Mar 17 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


अभिनेता सौगात मल्लले चलचित्र ‘जहाजैमा’ अभिनय गर्ने पक्का



 

नेपाली चलचित्र क्षेत्रका प्रतिभाशाली कलाकारको परिचय बनाएका अभिनेता सौगात मल्ल चलचित्र ‘जहाजैमा’ अभिनय गर्ने पक्का भएको छ ।

चलचित्रको लागि अभिनय सौगात मल्लले निर्माण पक्षसँग कागजी सम्झौता गरिसकेका छन् ।

चलचित्रको भूमिका ज्यादै मन पराउदै उनी चलचित्रमा अनुबन्धित भएका हुन् । भर्सटायल अभिनेता मल्ल उत्कृष्ट पात्रमा आफूलाई ढालेर चलचित्रको पर्दामा देखिने क्षमता राख्छन् । उनीको भूमिकाको सम्बन्धमा चलचित्रको निर्माण टिमले थप खुलाइसकेको छैन ।
यसअघि चलचित्रमा हास्य कलाकार केदार घिमिरे ‘माग्नेबुढा’ अनुबन्धित भइसकेका छन् भने चलचित्रमा जापानीज अभिनेत्री रुजेल इचिमियाले पनि काम गर्ने पक्का भइसकेको छ ।

एक्सन चलचित्र पिताम्बरमार्फत चर्चा कमाएकी निर्देशक कृषा चौलागाईले निर्देशन गर्ने यसअघि नै पक्का भइसकेको छ ।

च्लचित्रको निर्माण पक्षले थप स्टारकलाकारहरुलाई चलचित्रमा अनुबन्धित गर्ने योजनामा छ ।
चलचित्रमा पुरुषोत्तम प्रधानको सिनेमेट्रोग्राफीको काम सम्हाल्नेछन् ।
यूएनए प्रोडक्सनको ब्यानरमा उज्ज्वल गुरागाँइले निर्माण गर्ने यो चलचित्रलाई नेपाल, जापान र फिलिपिन्समा खिचिनेछ । चलचित्रको हाल धमाधम प्रि–प्रोडक्सनको काम चलिरहेको छ ।

प्रकाशित मिति : १५ असार २०८२, आइतबार  १२ : ५९ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।