काठमाडौं
काठमाडौंको मनमैजुस्थित एक होटलमा युवक मृत फेला परेका छन् ।
नुवाकोट लिखु गाउँपालिका ५ घर भएका ३५ वर्षीय सम्पुर्ण गौतम शनिबार मृत अवस्थमा फेला परेका छन् ।
प्रहरीका अनुसार काठमाडौंको तारकेश्वर नगरपालिका ११ मनमैजु आनन्द टोलस्थित राप्ती फेन्सि होटलको २०२ नम्बरको कोठामा उनको शव फेला परेको हो ।
घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान सुरु गरेको जानकारी दिएको छ ।








प्रतिक्रिया