२१ मंसिर २०८२, शनिबार | Sat Dec 6 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Uncategorized


ललितपुरको लेले खेतमा महानायक राजेश हमालको लडिबुडि( तस्विरहरु)



 

नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमाल धान दिवसको सन्दर्भ पारेर ललितपुरको लेले आएका छन् ।


विश्वकै पहिलो कृषि रियालिटी शो ‘र’ र गोदावरी नगरपालिकाले सम्पन्न गरेको धान दिवस उनी सहभागी भएका हुन् ।

धान दिवसको औपचारिक कार्यक्रममा बोल्दै हमालले पछिल्लो पुस्ता कृषि पेशाबाट पलायन हुँदै भएको भन्दै दुःख व्यक्त गरे । नेपालको उन्नती कृषिबाट मात्रै सम्भव भएको तर्क गर्दै महानायक हमालले कृषि पेशा पुख्यौली रुपमै ज्ञान आर्जन हुँदै गएकोमा अब टुट्न थालेको भन्दै चिन्ता व्यक्त गरे ।


भने, ‘अहिले बच्चाहरुले दुध कहाँबाट आउँछ ? भन्दा प्याकेटबाट चामल कहाबाट आउँछ भन्दा बोराबाट भन्न थालेका छन् । यो एउटा दुखद घटना हो ।’
गोदावरी नगरपालिकाका मेयर गजेन्द्र महर्जनले नगरभित्र कृषिलाई प्राथमिकता दिएको दाबी गर्दै आधुनिकीकरणमा काम गरेको बताए ।


लेलेको खेलमा पुगेका महानायक हमालले खेलमा धान रोपेका थिए भने सहभागीसँग हिलो खेलेका थिए । धान दिवसको अवसरपारेर आयोजकले डोरी तान्ने र दौड प्रतियोगिता समेत आयोजना गरेको थियो । राजेश हमालको टिमले डोरी तानेर गोदावरी नगरपालिकाको टिमलाई हराएको थियो ।
सो अवसरमा मुक्तिनाथ कृषि कम्पनीले ड्रोनबाट खेलमा औषधि राख्ने विधि देखाएको थियो ।


कार्यक्रममा नगरपालिकाभित्रका स्थानीय, कृषि रियालिटी शो ‘र’का प्रतिनिधि र सञ्चारकर्मी तथा पत्रकारहरुको बाक्लो उपस्थिती रहेको थियो ।

प्रकाशित मिति : १५ असार २०८२, आइतबार  ४ : ५३ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।