१७ माघ २०८२, शुक्रबार | Fri Jan 30 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


थाइल्याण्डबाट फर्किएलगत्तै स्वास्थ्यमन्त्री अस्वस्थ, वीर अस्पतालमा उपचार हुँदै



काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेल अस्वस्थ भएपछि वीर अस्पतालमा भर्ना भएका छन्। उच्च ज्वरो देखिएपछि उनलाई शनिबार राति अस्पताल भर्ना गरिएको हो।

अस्पताल स्रोतका अनुसार मन्त्री पौडेललाई थाइल्याण्ड जानुअघि नै ज्वरो आएको थियो, जुन ठीक नभएको देखिएको छ। “थाइल्याण्डबाट फर्किएपछि उहाँको ज्वरो अझ बढ्यो, त्यसपछि अस्पताल ल्याइयो,” अस्पताल स्रोतले जानकारी दियो।
उनको उपचार वीर अस्पतालका निर्देशक डा. दिलिप शर्माको नेतृत्वमा भइरहेको छ। साथै अस्पतालका विभिन्न विभागीय प्रमुखहरू पनि उपचारमा संलग्न रहेका छन्।

हाल मन्त्री पौडेल वीर अस्पतालको पुरानो भवनस्थित भीभीआईपी वार्डमा उपचाररत छन्।

प्रकाशित मिति : १५ असार २०८२, आइतबार  ५ : १३ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।