२३ मंसिर २०८२, सोमबार | Mon Dec 8 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


चट्याङ लागेर महिलाको निधन



नेपालगञ्ज
बाँकेको राप्तीसोनारी गाउँपालिकामा चट्याङ लागेर आज एक महिलाको निधन भएको छ ।
राप्तीसोनारी गाउँपालिका–४ लालपुरमा ती महिलाको चट्याङ लागेर निधन भएको हो । चट्याङ लागेर अन्य दुई महिला घाइते भएका छन् । खेत रोपिरहेको अवस्थामा चट्याङ लाग्दा तुलसीपुर उपमहानगरपालिका–११ उरहरि घर भई माइत आएकी ४५ वर्षीया सीता थारूको निधन भएको जिल्ला प्रहरी कार्यालय, बाँकेका प्रहरी नायब उपरीक्षक दीपक पातलीले जानकारी दिएका छन् ।
चट्याङ  लागेर बेहोस भएकी थारूलाई उपचारका लागि भेरी अस्पताल ल्याउँदै गर्दा बाटोमै निधन भएको हो । चट्याङ लागेर राप्ती सोनारी गाउँपालिका–४ लालपुरकी १५ वर्षीया गरिमा थारू र २४ वर्षीया निर्मला थारू घाइते भएको प्रहरीले जनाएको छ । घाइते दुवैको भेरी अस्पताल नेपालगञ्जमा उपचार भइरहेको छ ।

प्रकाशित मिति : १६ असार २०८२, सोमबार  १२ : २५ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।