टोरण्टो
क्यानडामा ‘रामकृष्ण ढकाल साँझ’मा मिठा मिठा सुगम संगीत प्रस्तुत गरिएको छ ।
ईन्टरनेशनल म्युजिक डे को अबसर पारेर क्यानडाको ब्राम्प्टन शहरमा नेपाली सुगम संगीतका सदाबहार गायक रामकृष्ण ढकालले हार्मोनियम बजाँउदै मिठा मिठा गीतहरु सुनाएका छन् ।
गायक ढकालले ‘बिहान उठने बित्तिकै हिमाल देख्न पाईयोस’, ‘चरीले त छाडेर गैगयो’, ‘माया गर्नेको’ र ‘ओराली लागेको’ प्रस्तुत गर्दा सहभागीहरुले संगसँगै गाउदा दर्शकहरु उत्साही र भावुक बनेका थिए । गायक ढकाललाई युगल गीतमा गायिका रीता बुर्लाकोटीले साथ दिएकी थिईन भने तबलामा सन्तोष घिमिरे र गितारमा उदयराज पौडेलले साथ दिएका थिए ।
२०४५ सालमा १३ बर्षको उमेरमै पहिलोपटक ‘ढकाल सुमधुर साँझ’ एकल कार्यक्रममा हिन्दी र नेपालीका २२ वटा गीत प्रस्तुत गरेर चर्चित बनेका ढकाल नेपालमा सानो उमेरमै एकल साँझ गर्ने पहिलो गायक पनि हुन ।
२० वटा एकल एल्बम सार्वजनिक गरिसकेका ढकालका दर्जनौ गीतहरु चर्चित छन । उनले ५ हजार भन्दा बढी गीत गाएका छन ।
कार्यक्रमपछि बोल्दै उत्कृष्ट कार्यक्रम रहेको आयोजक समितिका सदस्य घनश्याम भट्टराईले बताएका छन् ।
एकल साँझको रकम पशुपतिनाथ मन्दिरलाई
‘रामकृष्ण ढकाल साँझ’ कार्यक्रमबाट बचेको रकम ब्राम्पटनमा रहेको पशुपतिनाथ तथा बुद्ध मन्दिरमा पुजा अर्चना गरि हस्तान्तरण गरिएको छ ।
समुहको तर्फबाट सामाजिक उत्तरदायित्व मन्दिरमा पुजा अर्चना गरि रकम हस्तान्तरण गरिएको कार्यक्रम सम्योजक ऋषि पोख्रेलले बताएका छन् ।








प्रतिक्रिया