ललितखबर
हरेक चलचित्रको निर्माण पक्षले प्रर्दशनअघि टिजर सार्वजनिक गर्छन् । प्रचार सामाग्रीको रुपमा सार्वजनिक हुने ती टिजरहरुले चलचित्र कस्तो छ भन्ने झल्को दिन्छ । यही टिजर हेरेर दर्शक हलसम्म पुग्छन् । चलचित्र राम्रो वा नराम्रो टिजरबाटै बुझिन्छ ।
टेलिचलचित्रमार्फत माग्ने बुढाको छवि बनाएका कलाकार केदार घिमिरे केन्द्रमा रहेको चलचित्र ‘टिजर माग्ने’को टिजर भर्खरै सामाजिक सञ्जालमार्फत सार्वजनिक भएको छ ।
चलचित्रको टिजरले नै दर्शकलाई हँसाउन सफल छ । कमेडी विधामा निर्माण गरेको यस चलचित्रमा कुवेर शर्मा अर्थात ‘मगन्त नारायण’को विभिन्न हर्कत देखाइएको छ ।
टिजरमा एउटा सामान्य युवक कुवेर शर्माले पैसा कमाएपछि देखाएको असाधारण व्यावहारलाई चलचित्रमार्फत देखाइएको छ ।
घोडा चढेर हिडेका मगन्तनारायणले पैसाको मुठा फ्याकेको, श्रीपेच लगाएर मोटरसाइकल चढेको, पैसामाथि निदाएकोजस्ता रोचब दृश्यहरु समेटेको छ । चलचित्रकी मुख्य पात्र बर्षा सिवाकोटी शिक्षिकाको भूमिकामा देखिन्छिन् । उनी टिजरभित्र एउटामात्रै सिनमा अटाएकी छिन् भने । केदार घिमिरे वटा दृश्यमा छन् ।
टेलिभिजनको चर्चित जोडी माग्ने बुढा ‘केदार घिमिरे’ र ‘तक्मे बुढा ‘विल्सन विक्रम राई’ यस चलचित्रमा पनि भान्जा मामाको जोडीमा देखिएका छन् ।
चलचित्रमा केदार घिमिरेलाई ब्राण्डको रुपमा प्रस्तुत गरिएको छ । कलाकार घिमिरेलाई पारिश्रमिकको रुपमा ६१ लाख दिइएको प्रसंगलाई निर्माण समूहले प्रचारमा ल्याएको छ ।
चलचित्रको टिजरमा टेलिचलचित्र मेरी बास्सै र छक्का पञ्जाको ह्याङओभर देखिन्छ । केदार घिमिरेले उही मेरी बास्सै ‘हल्का रमाइलो’ संवाद बोलेको सुनिन्छ भने पृष्ठभूमिमा चलचित्र ‘छक्का पञ्जा’कै पारामा माग्नेको पार्श संगीत गुञ्जिएको छ । कलाकार घिमिरेको अभिनय शैली पनि परानै ढर्राको छ ।
चलचित्रको टिजर १७ घण्टामै साडे छ लाखले हेरेका छन् । चलचित्रको टिजर र दर्शकको रुचि हेर्दा चलचित्रले राम्रो बजार पाउने आँकलन गर्न सकिन्छ । केदार घिमिरे मुख्य पात्रको रुपमा देखिएको यो पहिलो चलचित्र हो । उनी लामो समयसम्म टेलि चलचित्र ‘मेरी बास्सै’मा अभिनय गरेका थिए । टेलिचलचित्र छोडेपछि उनी हास्य कलाकार दिपकराज गिरीले निर्माण गरेका छक्का पञ्जा सिक्वेलहरुमा व्यस्त थिए ।
धेरै चर्चित चलचित्रहरुको निर्देशन गरेका निर्देशक ऋषि लामिछानेले ‘माग्ने राजा’को निर्देशन गरेका हुन् । चलचित्रको कथा पत्रकार समेत रहेका कथाकार सामीप्यराज तिमल्सिनाले लेखेका छन् ।
चलचित्रका निर्माता मुनाल घिमिरे र मधुसुदन शर्मा रहेका छन् । चलचित्र ‘माग्ने राजा’ आगामी भदौ ६ गते संसारभर प्रदर्शनको तयारीमा छ ।








प्रतिक्रिया