२८ चैत्र २०८२, शनिबार | Sun Apr 12 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


म माथि छानबिन होस्, दोषी देखिए कारबाही भोग्न तयार छु : सभापति खतिवडा



काठमाडौं । राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले निजामती विधेयकमा कुलिङ पिरियडबारे भएको छेडखानीमा आफ्नो संलग्नता देखिए कारवाही भोग्न तयार रहेको बताएका छन् ।

सभामुखसँग छलफलपछि बाहिरिने क्रममा उनले विधेयकमा भएको हेरफेरको छानबिन गरि छेडखानीमा संलग्नलाई कारबाही गर्नुपर्ने बताएका हुन् ।

कसको गल्तीबाट भएको बाहेक शब्द थपिएको छ त्यसलाई कारबाहीको दायरामा ल्याउनुपर्ने बताए। उनले भने; ‘हामीले निर्णय गर्दा कुलिङ पिरियडको विषय स्पष्ट उल्लेख गरेका थियौँ–अवकाश भएको मितिले २ वर्ष नभई कुनै पनि राष्ट्र सेवक कर्मचारीले अर्को नियुक्ति नपाउने भनेर लेखेकै थियौँ’, त्यसैको मुनि दफा थपिएर गएको थाहा पायौँ। कसको गल्तिले यो बाहेक भन्ने कुरा गयो लेखियो छानबिनको माग गरेका छौँ। यो संसद्‌माथिको प्रहार हो। कानुन बनाउँदा यस्तो गल्ति हुनै हुँदैन। पहिला छानबिन गरौँ न, मेरो दोष देखिए म तयार छु। तर छानबिन हुनुपर्छ, जोसुकै भए पनि।’

प्रकाशित मिति : १७ असार २०८२, मंगलबार  ३ : २८ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।