४ चैत्र २०८२, बुधबार | Wed Mar 18 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


ललितपुरमा ज्यान मार्ने प्रयासका आरोपी छुटेपछि न्यायाधीशविरुद्ध उजुरी



ललितपुर । ललितपुरमा एक युवकमाथि भएको आक्रमणमा पक्राउ परेका दुई जना आरोपीलाई अदालतले रिहा गरेपछि न्यायाधीश हरिप्रसाद कोइरालाविरुद्ध न्याय परिषद्मा उजुरी परेको छ । ८ असारमा सानेपास्थित सार्वजनिक स्थानमा दीपक शाक्यमाथि बियरको बोतल र हेल्मेटले आक्रमण भएको थियो। प्रहरीले आरोपी महेन्द्र रावल र धर्मराज खड्कालाई पक्राउ ग¥यो तर जिल्ला अदालत ललितपुरका न्यायाधीश कोइरालाले “पक्राउ अनुमति नहुने“ भन्दै आदेश दिएका थिए ।

पीडित पक्षले सीसीटीभी फुटेज, घाउँ जाँच फाराम र अस्पतालको रिपोर्ट पेश गरे पनि न्यायाधीशले गम्भीर मुद्दा हुँदाहुँदै पक्राउ स्वीकृति नदिएको भन्दै उजुरी दिएका हुन्। उक्त उजुरी न्याय परिषद् ऐन, २०७३ को दफा १० अनुसार दर्ता भएको छ। कोइराला यसअघि सिद्धबाबा प्रकरणमा सफाइ दिने न्यायाधीश पनि हुन्।

प्रकाशित मिति : १७ असार २०८२, मंगलबार  ८ : ४९ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।