२१ मंसिर २०८२, शनिबार | Sat Dec 6 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


नेपाली चलचित्र ‘आँखा’ इटालीमा उत्कृष्ट चलचित्र घोषित, अभिनेत्रीलाई पनि अवार्ड



 

नेपाली चलचित्र ‘आँखा’ इटालीमा उत्कृष्ट चलचित्र घोषित भएको छ भने अभिनेत्री स्मिता लामिछानेलाई उत्कृष्ट अभिनेत्रीको अवार्ड
जित्न सफल भएको छ ।

नेपाली चलचित्र ‘आँखा’ले इटालीको प्रतिष्ठित २९औँ अन्तर्राष्ट्रिय पोलिस अवार्ड आट्र्स फेस्टिभल (आईपीएएएफ मा उत्कृष्ट चलचित्र र उत्कृष्ट अभिनेत्रीको विधामा अवार्ड जितेको हो ।

चलचित्रका निर्देशक योञ्जनले अवार्ड समारोहमा भाग लिनका निमन्त्रणा आइसकेको जानकारी दिए ।

उनका अनुसार अवार्ड समारोह आगामी १४ सेप्टेम्बरमा इटालीको बिर्गामो सहरमा आयोजना हुने र सो कार्यक्रमका लागि इमेलमार्फत निमन्त्रणा गरिएको छ ।

‘आँखा’ले नेपाल अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल (निफ) मा पनि तीन विधामा अवार्ड जितेको थियो ।

फिल्म ‘आँखा’ गत वर्ष असोज ११ गते प्रदर्शनमा आएको थियो ।

प्रकाशित मिति : १८ असार २०८२, बुधबार  ७ : २९ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।