३ चैत्र २०८२, मंगलबार | Tue Mar 17 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


निर्देशक माओत्से गुरुङको दोस्रो सिनेमा ‘पेन्सनपट्टा’मा दयाहाङ राई अनुबन्धित



काठमाडौं । कलाकार तथा निर्देशक माओत्से गुरुङको निर्देशनमा बन्न लागेको दोस्रो सिनेमा ‘पेन्सनपट्टा’मा चर्चित अभिनेता दयाहाङ राई अनुबन्धित भएका छन्। यो उनीहरूको दोस्रो सहकार्य हो, जसअघि माओत्से गुरुङको डेब्यु निर्देशनमा बनेको ‘दयारानी’मा दयाहाङ मुख्य भूमिकामा थिए।

निर्देशक गुरुङले ‘पेन्सनपट्टा’लाई अझ परिस्कृत ढंगले निर्माण गर्दै उत्कृष्ट कथा दर्शकलाई प्रस्तुत गर्ने योजना रहेको बताएका छन्। सिनेमाको कथा लोभी केटा कसरी दानी बन्छ भन्ने विषयमा आधारित छ भने यसलाई भूतपूर्व लाहुरेको कथाजस्तो पनि बुझ्न सकिने बताइएको छ।

सिनेमा कार्तिक तेस्रो साता फ्लोरमा जान तयार छ र सम्पूर्ण छायांकन कास्की जिल्लाको पोखरा आसपास हुनेछ। फिल्मस्को ब्यानरमा निर्माण हुने यो सिनेमाको कथा माओत्से गुरुङले नै लेखेका हुन्।

प्रोडक्सन म्यानेजर डिबी गुरुङका अनुसार अन्य कलाकारहरूको नाम चाँडै सार्वजनिक गरिनेछ। सुशन प्रजापतिले छायांकन गर्ने यो फिल्मको कास्टिङ निर्देशक सुरज तमु छन्।

माओत्से गुरुङको पहिलो निर्देशन ‘दयारानी’ बक्सअफिसमा सफल भएको थियो। गुरुङ कलाकार, निर्देशक र निर्माता दुवै भूमिकामा सक्रिय छन् र उनले गुरुङ भाषाका सिनेमा पनि निर्देशन गरिसकेका छन्।

प्रकाशित मिति : १९ असार २०८२, बिहिबार  २ : ३२ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।