२१ मंसिर २०८२, शनिबार | Sun Dec 7 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


साँगा-धुलिखेल सडकखण्डको काम अवरुद्ध



काठमाडौं । अरनिको राजमार्गअन्तर्गत साँगा–धुलिखेल सडकखण्डमा मनसुनका कारण काम रोकिएको छ भने पुलबजार क्षेत्रमा स्थानीय विवादका कारण चार महिनादेखि विस्तार कार्य ठप्प छ। सडक विभागका अनुसार करिब २ सय मिटर क्षेत्रमा काम रोकिन पुगेको छ।

धुलिखेलबाट बनेपातर्फको सडक पक्की गर्ने काम मनसुनले प्रभावित भएको छ भने बनेपामा ५० वटा बिजुली पोल र २८ किलोमिटरमा एक घर हटाउने काम रोकिएको छ। पुलबजार क्षेत्रमा ‘सेन्टर लाइन’ को विवादले निर्माण कार्य अवरुद्ध भएको छ। स्थानीयले सडकको बीचबाट बराबर छुट्याउने डिजाइनमा असन्तुष्टि जनाउँदै विवाद गरेका थिए।

आयोजनाका अधिकारीहरुका अनुसार, निर्माणकार्यको ५० प्रतिशत मात्रै सम्पन्न भएको छ र निर्धारित समयभित्र काम सक्न नसकिने भएकाले समय थप्नुपर्ने स्थिति आएको छ। स्थानीय अवरोध, घर भत्काउने प्रक्रिया र पूर्वाधार प्रतिस्थापनमा ढिलाई हुँदा काम प्रभावित भएको छ।
सिनियर डिभिजनल इञ्जिनियर सजना अधिकारीले करिब ६५ प्रतिशत भौतिक निर्माण सम्पन्न हुने अनुमान व्यक्त गरे।

https://www.youtube.com/@lalitkhabar

प्रकाशित मिति : १९ असार २०८२, बिहिबार  २ : ३५ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।