३ चैत्र २०८२, मंगलबार | Tue Mar 17 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


गायिका एलिना चौहानलाई गालीगलौज गर्ने युवक पक्राउ



काठमाडौं । सामाजिक सञ्जालमार्फत गायिका एलिना चौहानलाई गालीगलौज गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

नेपाल प्रहरीको साइबर ब्युरोले ललितपुरको बाँडेगाउँबाट चितवनका गुञ्जन राईलाई पक्राउ गरेको हो। ब्युरोका अनुसार चौहानले आफूलाई निरन्तर अनलाइनमार्फत अभद्र भाषा प्रयोग गरी गाली गरेको भन्दै उजुरी दिएपछि अनुसन्धान सुरु गरिएको थियो। अनुसन्धानका क्रममा राईलाई बुधवार पक्राउ गरिएको हो।

पक्राउ परेका राईविरुद्ध साइबर अपराध अन्तर्गत आवश्यक अनुसन्धान अघि बढाइएको ब्युरोले जनाएको छ।

https://www.youtube.com/@lalitkhabar

साइबर ब्युरोले सामाजिक सञ्जालको दुरुपयोग गरेर कसैको चरित्र हत्या वा मानसिक पीडा दिने कार्य गैरकानुनी भएको भन्दै सचेत रहन आग्रह गरेको छ।

प्रकाशित मिति : १९ असार २०८२, बिहिबार  ३ : ५८ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।