२१ मंसिर २०८२, शनिबार | Sun Dec 7 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


न्युरोडमा पार्किङ विवादः मोटरसाइकलमा ह्विल लक गरेपछि व्यवसायीको ‘सटर डाउन’



काठमाडौं । काठमाडौंको न्युरोडस्थित ताम्राकार कम्प्लेक्स क्षेत्रका व्यवसायीले सडक पार्किङमा महानगर प्रहरीको कडाईको विरोधमा बिहीबार ‘सटर डाउन’ गरेका छन्।

सडक किनारमा मोटरसाइकल पार्किङ गर्न नपाउने नीति अनुसार काठमाडौं महानगरपालिकाको नगर प्रहरी टोलीले मोटरसाइकलमा ह्विल लक गरेपछि व्यवसायी आक्रोशित बनेका हुन्।

महानगरका नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले सडकको कालोपत्रे भागमा पार्किङ गर्न नपाइने नीति अनुसार कारबाही गरिएको बताए।

उनका अनुसार व्यवसायीहरू सडकमा पार्किङ गर्न दिनुपर्ने माग गर्दै आएका छन्। पार्किङको वैकल्पिक व्यवस्थाबिना कारबाही बढाउँदा व्यवसायमा असर पर्ने भन्दै व्यापारीहरूले विरोध स्वरूप पसल बन्द गरेका हुन्।

प्रकाशित मिति : १९ असार २०८२, बिहिबार  ५ : १९ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।