२१ मंसिर २०८२, शनिबार | Sun Dec 7 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


धोविघाटमा इभी कारको ठक्करबाट दुई महिला गम्भीर घाइते, चालक फरार



ललितपुर । ललितपुरको धोविघाटस्थित सनराइज कोलनीभित्र इभी कारको ठक्करबाट दुई महिला गम्भीर घाइते भएका छन्। बर्दिया घर भई हाल ललितपुरमा बसोबास गर्दै आएकी उषा भुजेल र ललितपुर महानगरपालिका–३ निवासी पुनम शाह गम्भीर घाइते भएको ललितपुर प्रहरी कार्यालयले जनाएको छ।

उषा भुजेलको पाटन अस्पतालमा र पुनम शाहको मेडिसिटी अस्पतालमा उपचार भइरहेको छ। दुवैको अवस्था चिन्ताजनक रहेको प्रहरीले जनाएको छ। बागमती प्रदेश ०१–०२५ प ७२९६ नम्बरको इलेक्ट्रिक कारले ठक्कर दिएको थियो। उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एसपी दीपक गिरीका अनुसार सो कारका धनी तथा चालक सरार्जन केसी फरार छन्।

प्रकाशित मिति : १९ असार २०८२, बिहिबार  ६ : १० बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।