२३ मंसिर २०८२, सोमबार | Mon Dec 8 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


टहरामा सुतेका दिदी बहिनीको ढुङ्गा लागेपछि निधन



काँक्रेविहार
जाजरकोटको कुशे गाउँपालिका ३ तर्पेनामा एकै घरका दिदी र बहिनीको ढुङ्गा लागेर निधन भएको छ ।

बिहीबार बेलुकी ९ः०० बजे टहरामा सुतिरहेकी १८ वर्षीया शर्मिला बुढा र १४ वर्षीया चमेली बुढाको निधन भएको वडाध्यक्ष वीरबहादुर बुढाले जानकारी दिएका छन् ।
नियमित पानी परिरहेकाले समस्या भइरहेको उनले जानकारी दिएका छन् । नरबहादुर बुढाकी दुई छोरी बाख्रा हेरचाहका लागि भूकम्पपीडितका लागि निर्माण भएको अस्थायी टहरामा सुतिरहेको समयमा माथिबाट ढुङ्गा खसेर लाग्दा दुवै जनाको घटनास्थलमै निधन भएको वडाध्यक्ष बुढाले जानकारी दिएका छन् ।

प्रहरीसमेत घटनास्थलमा पुगेर जानकारी लिएको प्रहरी जवान महेश सिंहले बताएका छन् ।

प्रकाशित मिति : २० असार २०८२, शुक्रबार  ६ : ५७ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।