२१ मंसिर २०८२, शनिबार | Sun Dec 7 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


महाराजगञ्ज–चप्पल कारखाना सडक विस्तार सुस्त, तोकिएको समयमा सम्पन्न हुने सम्भावना न्यून



काठमाडौं । चक्रपथ विस्तारको दोस्रो खण्डअन्तर्गत महाराजगञ्जदेखि चप्पल कारखानासम्मको सडक विस्तार कार्य सुस्त गतिमा अघि बढिरहेको छ । डिभिजन सडक कार्यालय मीनभवनले २०८१ फागुनमा निर्माण कम्पनी एम/एस अम्बुजा–काली एसके जेभीसँग सम्झौता गरी २०८२ असारभित्र काम सम्पन्न गर्ने लक्ष्य राखेको थियो । तर हालसम्मको प्रगति हेर्दा निर्धारित समयमा काम सकिने सम्भावना देखिएको छैन ।

उक्त सडकखण्ड सर्भिस लेनसहित १० लेनको निर्माण हुने योजना अनुसार अगाडि बढाइएको हो । हाल विस्तारअन्तर्गत कर्बस्टोन जडान तथा चप्पल कारखाना चोक क्षेत्रमा नाला निर्माणको काम भइरहेको डिभिजन सडक कार्यालयले जनाएको छ ।

योजना अनुसारको प्रगति हुन नसक्दा दैनिक रुपमा यो खण्ड प्रयोग गर्ने सवारीसाधन र सर्वसाधारणलाई असुविधा भइरहेको छ ।

https://www.youtube.com/@lalitkhabar

यातायात व्यवस्थापन र सहरी पूर्वाधार सुधारका दृष्टिले महत्वपूर्ण मानिएको यो सडकखण्डको विस्तारमा देखिएको ढिलाइप्रति स्थानीयवासी र सरोकारवालाहरूले चिन्ता व्यक्त गर्दै आएका छन् ।

डिभिजन सडक कार्यालयका अनुसार निर्माणको गति बढाउन निर्माण कम्पनीलाई निर्देशन दिइएको छ भने आवश्यक समन्वय प्रक्रिया अघि बढाइएको छ ।

प्रकाशित मिति : २० असार २०८२, शुक्रबार  १ : ४२ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।