८ चैत्र २०८२, आइतबार | Sun Mar 22 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


यातायात व्यवस्था विभागको सवारी चालक अनुमति पत्र प्रणालीमा समस्या



काठमाडौं । यातायात व्यवस्था विभागले सवारी चालक अनुमतिपत्र (लाइसेन्स) सम्बन्धी प्रणालीमा समस्या देखिएपछि सबै सेवा अस्थायी रुपमा बन्द गरेको छ।

विभागले शुक्रबार एक सूचना जारी गर्दै ईडीएल प्रणाली, अनलाइन आवेदन प्रणाली तथा अत्यावश्यक लाइसेन्स प्रणालीसमेतका सबै सेवा बन्द भएको जानकारी गराएको हो।

सूचनामा भनिएको छ, ‘सवारी चालक अनुमतिपत्रसँग सम्बन्धित सबै सेवा बन्द भएको व्यहोरा जानकारी गराइन्छ।’ प्रणालीमा देखिएको समस्या समाधानका लागि विभागले प्रयास गरिरहेको जनाएको छ। समस्या समाधान नभएसम्म वा अर्को सूचना नभएसम्म सेवा बन्द रहनेछ।

https://www.youtube.com/@lalitkhabar

प्रकाशित मिति : २० असार २०८२, शुक्रबार  ४ : ०१ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।