२१ मंसिर २०८२, शनिबार | Sun Dec 7 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


चाइना इस्टर्नको विमान काठमाडौंमा अवतरण गर्न नसकी ढाका डाइभर्ट



काठमाडौं ।  चीनको कुनमिङबाट काठमाडौं आउँदै गरेको चाइना इस्टर्न एयरलाइन्सको विमान शुक्रबार अपराह्न करिब ४ बजेतिर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने तयारीमा थियो। तर, मौसममा आएको खराबीका कारण विमान काठमाडौँको आकाशमा आठ फन्का लगाएर अन्ततः बङ्गलादेशको राजधानी ढाका डाइभर्ट गरिएको छ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक हंसराज पाण्डेले खराब मौसमका कारण केही समय भिजिबिलिटी (दृश्यता) नपुगेको पुष्टि गरे। “जहाज ल्यान्ड हुने बेलामा यहाँ भिजिबिलिटी पुगेन, त्यसैले ढाका डाइभर्ट भएको हो,” उनले बताए।

उनका अनुसार त्यसबेला दृश्यता कम भए पनि त्यसपछिका उडानहरूमा मौसममा सुधार आएपछि ल्यान्डिङको समस्या नरहेको छ। मौसमका कारण उत्पन्न असहज परिस्थितिका बाबजुद, विमानस्थलले उडान सुरक्षालाई प्राथमिकतामा राखेर निर्णय लिएको जनाएको छ।

https://www.youtube.com/@lalitkhabar

प्रकाशित मिति : २० असार २०८२, शुक्रबार  ४ : ५७ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।