२१ मंसिर २०८२, शनिबार | Sat Dec 6 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


काठमाडौँ उपत्यकामा सरदरभन्दा धेरै बर्षा



काठमाडौँ

काठमाडौँ उपत्यकामा सरदरभन्दा धेरै वर्षा भएको छ । शुक्रबार साँझ काठमाडौं र वरपरका क्षेत्रमा भारी बर्षा भएको छ ।
उपत्यकामा मध्यम वर्षा भएको छ भने सिन्धुपाल्चोकका केही क्षेत्रमा भारी वर्षा भएको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाकी मौसमविद् विनु महर्जनका अनुसार शुक्रबार साँझ उपत्यकाको पानीपोखरी क्षेत्र र आसपासमा पछिल्लो १२ घण्टामा १५.६ मिलीमिटर वर्षा भएको छ । बूढानीलकण्ठ, तारकेश्वर क्षेत्रमा समेत वर्षा भएको छ । उपत्यकाको अन्य क्षेत्रमा पनि वर्षा भएको उनले बताइन् ।

विभागको बाढी पूर्वानुमान महाशाखाका अनुसार साँझ काठमाडौँको विष्णुमती नदीको गोङ्गबु जलमापन केन्द्रमा जलसतह सतर्कता तह आसपास पुगेको थियो । तर अहिले वर्षा उपत्यकामा कम भएको जनाइएको छ ।

पछिल्लो १२ घण्टामा सिन्धुपाल्चोकको गोब्रेमा ७६.४ मिलीमिटर वर्षा भएको छ । सोही जिल्लाको शेरमानथानमा ५५.६ मिलीमिटर वर्षा भएको छ । यो भारी वर्षा हो । दोलखाको जिरीमा ४४.८, सोलुखुम्बुमा ३५.६ र झापाको केचनाकवलमा ३३.४ मिलीमिटर वर्षा भएको मौसमविद् महर्जनले जानकारी दिएकी छिन् । यो मध्यम वर्षा हो ।

अहिले सातै प्रदेशमा बदली भएको र ती प्रदेशका केही स्थानमा वर्षा भइरहेको छ । राति पनि आंशिकदेखि साधारणतया बदली रहने जनाइएको छ । केही स्थानमा भारी वर्षाको सम्भावना पनि रहेको महर्जनले बताएकी छिन् ।

मौसमविद् महर्जनका अनुसार मनसुन अवधिको आजसम्म देशभर सरदरको २१.७ प्रतिशत वर्षा भएको पनि उनले बताइन् ।

प्रकाशित मिति : २१ असार २०८२, शनिबार  ६ : ३७ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।