‘तक्मे बुढा’को नामले चर्चामा आएका कलाकार विल्सन विक्रम राईको निर्देशनमा नयाँ चलचित्र ‘मैझारो’ निर्माणको घोषणा गरिएको छ ।
चलचित्रका लागि.सोमबार निर्माण पक्षले अभिनेताका रुपमा धीरज मगर अनुबन्ध गर्दै चलचित्र निर्माणको घोषणा गरेको हो। चलचित्रको लेखन तथा निर्देशन बहुप्रतिभाशाली कलाकार विल्सन विक्रम राईले गर्नेछन् । यो उनको डेब्यु निर्देशन हो ।
सामाजिक कथावस्तुमा आधारित चलचित्र ‘मैझारो’ मा पूर्वी पहाडको जीवनशैली, संस्कृति र सामाजिक यथार्थ रहने बताइएको छ ।
चलचित्रका अन्य कलाकारको नाम चाँडै सार्वजनिक गर्ने निर्माण पक्षले तयारी गरेको छ ।
साउनको पहिलो साताबाट ईलाम र पाँचथरका रमणीय स्थानहरूमा छायांकन गर्ने तयारी रहेको निर्देशक राईले बताएका छन् ।
तक्मे प्रोडक्सनले यसअघि निर्माण गरेका हास्य सामग्री र सांगीतिक प्रस्तुतिहरू लोकप्रिय रहेका छन् ।
लोकप्रिय हास्य टेलिफिल्म ‘मेरी बास्सै’ मार्फत ‘तक्मे बुढा’ नामले चर्चामा आएका थिए। अभिनयका साथै उनी गायक र संगीतकार पनि हुन्।








प्रतिक्रिया