२१ मंसिर २०८२, शनिबार | Sun Dec 7 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


ललितपुरमा कुकुरमाथि निर्घात कुटपिट गर्ने व्यक्ति प्रक्राउ



ललितपुर । ललितपुर महानगरपालिका–५ स्थित नगर प्रहरी कार्यालय नजिकै एक कुकुरमाथि निर्घात कुटपिट गर्ने संजय कुमार मेहतालाई प्रहरीले प्रक्राउ गरेको छ। मेहताले अन्धाधुन्ध तरिकाले रड प्रयोग गरी कुकुर कुटपिट गरेका थिए।

घाइते कुकुरको उद्धारका लागि ललितपुर महानगरपालिकाको नगर प्रहरीले स्नेहा केयरलाई सम्पर्क गरेको थियो। त्यसपछि कुकुरलाई उपचारका लागि सेल्टरमा लगिएको स्नेहा केयरकी सञ्चालक स्नेहा श्रेष्ठले जानकारी दिइन्।

श्रेष्ठका अनुसार, प्रारम्भमा प्रहरीले जाहेरीको सट्टा केवल निवेदन दर्ता गर्न सुझाएको थियो। तर, अधिवक्ता पदम बहादुर श्रेष्ठको पहलमा औपचारिक जाहेरी दर्ता गरिएको हो। “प्रहरीले आरोपीलाई उपचार खर्च बेहोर्ने सर्तमा छाड्ने प्रस्ताव राखे, तर हामीले त्यसलाई अस्वीकार गर्दै कानुनी कारबाहीको माग गर्यौं,” श्रेष्ठले भनिन्।

हाल संजय मेहता प्रहरी हिरासतमा रहेका छन् र उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

सामाजिक सञ्जालमा घटना सार्वजनिक भएपछि पशु अधिकारका पक्षमा आवाज उठ्ने क्रम बढेको छ। पशुप्रति क्रूरता देखाउने यस्ता घटनामा कानुनी कारबाही हुनुपर्ने माग सर्वत्र उठिरहेको छ।

 

प्रकाशित मिति : २५ असार २०८२, बुधबार  ७ : ३९ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।