काठमाडौं । वरिष्ठ गायक तथा संगीतकार थानेश्वर गौतमको स्वास्थ्यमा हालै सामान्य परिवर्तन आए पनि अहिले उनी पूर्ण रूपमा स्वस्थ भएको जानकारी दिएका छन्। चलचित्र “जनै हराएको मान्छे” को गीत छायांकनको क्रममा अत्यधिक गर्मी वा भावनात्मक ओझले स्वास्थ्यमा सामान्य असहजता आएको भए पनि केहीबेरमै ठिक भएको गौतमले बताएका छन्।
आफ्ना शुभचिन्तक, संगीतप्रेमी, आफन्त र संसारभर छरिएका दर्शक–स्रोताहरूप्रति धन्यवाद व्यक्त गर्दै उनले सामाजिक सञ्जालमार्फत भनेका छन्, “भगवानको कृपा, तपाईंहरूको अपार माया र आशिर्वादले म अहिले पूर्ण रूपमा ठीक छु।” स्वास्थ्यमा सामान्य समस्या देखिएपछि नेपाल तथा विदेशबाट थुप्रै कल र सन्देश प्राप्त भएको भन्दै गौतमले त्यसप्रति आभार प्रकट गरेका छन्। “मैले जीवन संगीतमा समर्पण गरेर पाएको तपाईंहरूको प्रेम नै मेरो अमूल्य सम्पत्ति हो,” उनले लेखेका छन्।
हाल गौतम “जनै हराएको मान्छे” को गीत तथा संगीत संयोजनमा सक्रिय छन्। उनी नेपाली सांगीतिक क्षेत्रका एक सम्मानित नाम हुन् जसले दशकौँदेखि नेपाली संगीतमा योगदान दिँदै आएका छन्।








प्रतिक्रिया