२१ मंसिर २०८२, शनिबार | Sun Dec 7 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


ललितपुर हरिसिद्धिमा नकाब लगाएर मध्यराति ४ जनाले लुटे सुन र नगद



ललितपुर । ललितपुर महानगरपालिका–२८ स्थित हरिसिद्धिमा मध्यराति नकावधारी समूहले घरमा प्रवेश गरी सुनका गहना र नगद लुटपाट गरेका छन्। असार २२ गते राति १ बजेतिर हरिसिद्धिस्थित होसना इँट्टाभट्टा नजिकै रहेको ५० वर्षीया रजनी महर्जनको एकतले घरमा नकाब लगाएका चार जना युवाले कौसीको ढोका फोडेर प्रवेश गरेका थिए।

घरमा रजनी महर्जन र उनकी ३० वर्षीया छोरी रविना महर्जन मात्र रहेका बेला लुटपाट भएको हो। उनीहरूले धारिलो हतियार देखाई डरत्रास देखाउँदै करिब ५० हजार रुपैयाँ नगद र एक तोला सुनका गहना लुटेर फरार भएको पीडित परिवारले जनाएको छ।

लुटिएको गहनामा एक जोर सुनको टप र एक थान तिलहरी रहेको बताइएको छ। घटनाको जानकारी पाएपछि राति २ बजेर १० मिनेटमा प्रहरी प्रभाग हरिसिद्धीको टोली घटनास्थलमा पुगेको जिल्ला प्रहरी परिसर ललितपुरका प्रमुख एसपी चक्रराज जोशीले जानकारी दिए।

जोशीका अनुसार घटनामा संलग्न आशंकामा चार जनालाई नियन्त्रणमा लिएर सोधपुछ तथा निगरानी गरिँदैछ।

 

प्रकाशित मिति : २६ असार २०८२, बिहिबार  १० : ३० बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।