२ चैत्र २०८२, सोमबार | Tue Mar 17 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


गायक दुर्गेश थापाको गीतले फैलायो इन्टरनेटमा सनसनी



 

राख्यो नयाँ रेकर्ड, पुग्यो एक नम्बर ट्रेडिङमा

पछिल्लो समय गायक दुर्गेश थापाको गीत ‘जाने भए जाम माया’ले  इन्टरनेटमा नयाँ रेर्कड बनाउदै सनसनी फैलाएको छ ।

 

२१ घण्टा अघि सार्वजजिक भएको सो गीत १७ लाख १७ हजारले हेरिसकेका छन् भने युट्युवको गीत सेक्सनमा एक नम्बर ट्रेडिङमा पुगेको छ ।

गायिका विष्णु माझीको रेकर्ड तोड्दै दुर्गेश थापा र भ्लगर सिसन बानियाँको यस नयाँ गीत २१ घण्टामा धेरै पटक हेरिएको छ । यसअघि सो रेकर्ड गायिका विष्णु माझीको गीत ‘आइन आम यो तीजमा’ले एक दिनमा १५ लाख पटक हेरेर बनाएको थियो ।
गायक थापा थापाको यसअघि मेरो दुस्मन छ धेरै बोलको गीत समेत चर्चामा थियो ।
गायक दुर्गेश थापा आफूलाई गायक भन्दा पनि प्रफमर भनेर चिनाउछन् । उनी स्टेज प्रस्तुतीका कारण चर्चामा रहन्छन् । उनले हालसम्म लाखौं दर्शक श्रोताको मन जितिसकेका छन् ।

 

प्रकाशित मिति : २६ असार २०८२, बिहिबार  २ : ३५ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।