३ चैत्र २०८२, मंगलबार | Wed Mar 18 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


मनसुन सुरु भएयता काठमाडौं उपत्यकामा ३८१ जना सर्पदंश पीडित



काठमाडौं । मनसुन सुरु भएयता काठमाडौं उपत्यका र आसपासका क्षेत्रमा सर्पको टोकाइबाट ३८१ जना प्रभावित भएका छन्। शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालका अनुसार बिहीबारसम्म सर्पदंश भएर उपचारका लागि आएका व्यक्तिको संख्या ३८१ पुगेको हो।

अस्पतालका निर्देशक डा. युवानिधि बसौलाका अनुसार भक्तपुर, ललितपुर, काठमाडौं, धादिङ, नुवाकोट र काभ्रेका पीडितहरू अस्पतालमा आएका छन्। उनले पहाडी क्षेत्रहरूमा धेरैजसो हरियो सर्पले टोकेको देखिएको बताए।
हरियो सर्पको टोकाइबाट ज्यान जाने खतरा कम भए पनि शरीर सुन्निने, घाउ हुने र रक्तस्राव हुने समस्याले गर्दा बिरामीलाई चारदेखि पाँच दिनसम्म अस्पतालमा भर्ना गरेर उपचार गर्नुपर्ने अवस्था हुने उनले जानकारी दिए।

सर्पले बढी घाँस काट्न, खेतीपाती गर्न र तरकारी टिप्न गएकाहरूलाई टोक्ने गरेको पाइएको छ। खेतबारीमा अग्लो बुट नलगाई जाने, अँध्यारोमा हिँड्ने, नाङ्गो गोडा झाडी वा बारीमा छिर्ने बानीले सर्पदंशको जोखिम बढ्ने डा. बसौलाले बताए।

प्रकाशित मिति : २६ असार २०८२, बिहिबार  २ : ५१ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।