२ चैत्र २०८२, सोमबार | Tue Mar 17 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


गीतसंगीत र कला क्षेत्रमा बढ्दो साइबर अपराध रोक्न ‘फोकल पर्सन’ तोकिने



काठमाडौं । गीतसंगीत र कला क्षेत्रमा बढ्दो साइबर अपराध र विकृति रोक्न प्रहरीको साइबर ब्युरोमा ‘फोकल पर्सन’ तोकिने भएको छ।

गृहमन्त्री रमेश लेखकले बिहीबार राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानको टोलीलाई भेट्दै साइबर ब्युरोमा फोकल पर्सन तोकेर काम अघि बढाउन निर्देशन दिएका हुन्।

गीतसंगीतको नाममा समाजमा घृणा, अपमान र लान्छना फैलाउने सामग्री रोक्न निष्कर्षसहित अगाडि बढ्ने गृहमन्त्री लेखकको भनाइ छ।

प्रहरी महानिरीक्षक दीपक थापा र साइबर ब्युरो प्रमुख नबीन्द अर्यालले यस क्षेत्रमा आएका विकृति रोक्न प्रभावकारी कदम चाल्ने बताए।

सो अवसरमा प्रतिष्ठानकी अध्यक्ष सुमिना थापा लगायत दर्जनौं कलाकार उपस्थित थिए।

 

प्रकाशित मिति : २६ असार २०८२, बिहिबार  ४ : १८ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।