३ चैत्र २०८२, मंगलबार | Wed Mar 18 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


वैदेशिक रोजगारीको प्रलोभन देखाई ३६ लाख ठगी: ललितपुरकी सजु श्रेष्ठसहित दुई जना पक्राउ



काठमाडौं। वैदेशिक रोजगारीको नाममा आकर्षक तलबको प्रलोभन देखाई बेरोजगार युवायुवतीहरूबाट रकम ठगी गर्ने दुई जना व्यक्तिहरू पक्राउ परेका छन्।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरी टोलीले ललितपुर र पालपाका स्थायी बासिन्दा रहेका दुई जनालाई काठमाडौं उपत्यकाबाट पक्राउ गरेको हो।

पक्राउ पर्नेमा ललितपुर महानगरपालिका–८ की ४३ वर्षीया सजु श्रेष्ठ र पाल्पा रैनादेवी छहरा गाउँपालिका–६ का ३० वर्षीय नारायण लाम्ताङ्गे रहेका छन्। श्रेष्ठले सर्विया पठाइदिने भन्दै तीन जना पीडितबाट २० लाख रुपैयाँ ठगी गरेकी थिइन् भने लाम्ताङ्गेले ग्रीस पठाउने बहानामा एक व्यक्तिसँग १६ लाख ५० हजार रुपैयाँ लिएको खुलेको छ।

प्रहरीको प्रारम्भिक अनुसन्धानबाट उनीहरू लामो समयदेखि बेरोजगार युवायुवतीलाई विदेश पठाइदिने नाममा झुक्याउँदै आएको पुष्टि भएको छ।

पीडितहरूको जाहेरीका आधारमा पक्राउ परेका दुवै जनालाई थप अनुसन्धान तथा कानुनी कारबाहीका लागि वैदेशिक रोजगार विभाग, ताहाचल पठाइएको प्रहरीले जानकारी दिएको छ।

प्रहरी उपरीक्षक काजी कुमार आचार्यद्वारा जारी विज्ञप्तिमा यस्तो ठगी कार्यप्रति कडा निगरानी बढाइएको उल्लेख गरिएको छ।

प्रकाशित मिति : २६ असार २०८२, बिहिबार  ४ : ५३ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।