२१ मंसिर २०८२, शनिबार | Sun Dec 7 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


उपत्यकामा अनावश्यक हर्न बजाए कारबाही



काठमाडौँ । काठमाडौँ उपत्यकामा अनावश्यक हर्न प्रयोग गरेर ध्वनी प्रदूषण बढेको भन्दै ट्राफिक प्रहरीले सवारी चालकहरूलाई सचेत गराएको छ। बिहीबार सूचना जारी गर्दै प्रहरीले अत्यावश्यक वा विशेष परिस्थितिबाहेक हर्न नबजाउन आग्रह गरेको हो।

काठमाडौँ उपत्यकामा लाखौँ सवारी साधन चल्ने भएकाले अनावश्यक हर्नको प्रयोगले जेष्ठ नागरिक, बालबालिका र सर्वसाधारणमा गम्भीर असर पारिरहेको ट्राफिक प्रहरीले जनाएको छ। ट्राफिक प्रहरी कार्यालयका अनुसार, यदि कसैले अनावश्यक रूपमा हर्न बजाएमा, सवारी तथा यातायात व्यवस्था ऐन २०४९ को दफा १६४ (१) (३) अनुसार कारबाही गरिनेछ। उपत्यकामा ध्वनी प्रदूषण नियन्त्रण गर्न २०७४ साल वैशाख १ गतेदेखि ‘नो हर्न’ नीति लागू गरिएको थियो। सोही नीति अनुसार विशेष अवस्थाबाहेक सवारी साधनहरूलाई हर्न प्रयोगमा प्रतिबन्ध लगाइएको छ।

ट्राफिक प्रहरीले सबै सवारी चालकहरूलाई सहकार्य गर्न र नियमको पालना गरेर शान्त र स्वच्छ सवारी वातावरण निर्माणमा साथ दिन आह्वान गरेको छ।

 

प्रकाशित मिति : २६ असार २०८२, बिहिबार  ९ : ४४ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।