२० मंसिर २०८२, शुक्रबार | Fri Dec 5 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

अर्थ


राष्ट्र बैंकको नयाँ नीति : चेक अनादरमा कडाइ, ६ महिनाभित्र कालोसूची गर्न सकिने



काठमाडौं । नेपाल राष्ट्र बैंकले चेक अनादर गर्ने व्यक्तिमाथि कडाइ गर्दै नयाँ कार्यविधि जारी गरेको छ। ‘चेक अनादर गरेको व्यहोरा प्रमाणित गर्ने कार्यविधि, २०८१’ अनुसार अब चेकमा रकम नभएको अवस्थामा चेक धारकले तुरुन्तै कालोसूचीमा राख्न बैंकमा आवेदन दिन सक्नेछन्।

यसअघिको व्यवस्थामा दुई पटक चेक फिर्ता भएपछि मात्र कालोसूचीमा राख्न पाइन्थ्यो भने नयाँ नियमअनुसार चेक फिर्ता भएको प्रमाणित भएको मितिदेखि ६ महिनाभित्र कालोसूचीमा राख्न आवेदन दिन सकिने छ।

चेकमा रकम नभएको अवस्थाको प्रमाणित भएपछि बैंकले चेक जारी गर्ने पक्षलाई चेकको रकम भुक्तानी गर्न सार्वजनिक बिदाबाहेक सात दिन भित्र सूचना दिनुपर्नेछ। सो समयमा रकम भुक्तानी नभएमा चेकधारकको अनुरोधमा सम्बन्धित व्यक्ति वा संस्थालाई कालोसूचीमा राख्न कर्जा सूचना केन्द्रमा पठाउनुपर्ने व्यवस्था गरिएको छ।

यदि चेक रकम भुक्तानी गरी वा मिलापत्र गरी समस्या समाधान भएमा बैंकले कालोसूचीबाट हटाउने प्रक्रिया अघि बढाउनेछ।

राष्ट्र बैंकका प्रवक्ता किरण पण्डितका अनुसार, नयाँ व्यवस्थाले चेक अनादरको समस्या कम गर्न र वित्तीय अनुशासन कडा गर्न मद्दत पुग्नेछ। साथै, बैंकहरूले चेक अनादर प्रमाणित भएको मितिदेखि ५ कार्य दिनभित्र कर्जा सूचना केन्द्रमा रिपोर्ट पठाउनुपर्ने छ।

यसले चेक सम्बन्धी कारोबारलाई पारदर्शी बनाउने र अनियमितता न्यून गर्ने विश्वास गरिएको छ।

प्रकाशित मिति : २६ असार २०८२, बिहिबार  १० : २४ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।