२ चैत्र २०८२, सोमबार | Tue Mar 17 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


चलचित्र ‘जदौ’मा बिनोद न्यौपानेको प्रवेश



काठमाडौं
निर्माणाधिन चलचित्र ‘जदौ’ अभिनेता बिनोद न्यौपानेको प्रवेश भएको छ ।
अन्तरजातीय प्रेमसम्बन्धको कथा आधारित यस चलचित्रमा मुकुन भुसाल,नीति शाह र ऋचा शर्मा अनुबन्धीत भइसकेका छ्न ।
अभिनेता बिनोदले चलचित्र ‘जदौं’ को हिस्सा बन्न पाउदा खुशी ब्यक्त गरेका छन् ।
काजी लिम्बूको लेखन रहेको फिल्म ‘जदौं’ सिल्भर स्क्रिन इन्टरटेन्मेन्ट र समिश्रण मुभिज एण्ड इन्टरटेन्मेन्टले संयुक्त रुपमा निर्माण गर्दैछ।
फिल्मको सहनिर्मातामा रामराजा सुवेदी,ओम चेम्जोङ,शान्ता तामाङ र नारायण शास्त्री छन् ।
बुद्धि माझीको निर्माण ब्यबस्थापन रहेको चलचित्रको छायांकन भदौ पहिलो साताबाट हुनेछ ।
निर्माण ब्यानर सिल्भर स्क्रीनकी प्रबन्ध निर्देशक बिमला भण्डारीले फिल्मका निर्देशक र बाँकी कलाकार,प्राबिधीक बारे केही दिनमै बिस्तृत जानकारी दिइने बताएकी छिन ।
चलचित्रको छायांकन दाङ र प्युठानका विभिन्न स्थानमा हुँदेछ । सिनेमामा बाबुल गिरीको संगीत रहेको छ ।

प्रकाशित मिति : २७ असार २०८२, शुक्रबार  १० : ०५ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।