काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले सात महिनापछि बसेको कार्यपालिका बैठक केवल १ मिनेट ८ सेकेन्डमै टुङ्ग्याएका छन्।
आईतबार बसेको कार्यपालिका बैठकमा मेयर बालेनले नगरसभाको घोषणा गर्दै बैठक समाप्त भएको घोषणा गरेपछि तुरुन्तै उठेर बैठक कक्षबाट बाहिरिएका हुन्।
बैठकको सुरुवातमा उनले उपप्रमुख सुनिता डङ्गोललाई मात्र सम्बोधन गरे भने, विगतका बैठकहरूमा जस्तै प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंलाई भने कुनै उल्लेख नगरी ‘कर्मचारीज्यूहरू’ भनेर सामान्यरूपमा सम्बोधन गरेका थिए।
बैठकमा २४ वटा एजेन्डा प्रस्तुत हुने भनिए पनि तीमाथि छलफल नभई बैठक एकमुष्ट रूपमा टुंगिएको हो। यसले काठमाडौं महानगरपालिकाको कार्यशैलीमाथि फेरि प्रश्न उठाएको छ।








प्रतिक्रिया